सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सडक दुर्घटनामा परी कैलालीका एक जनाको मृत्यु

२०७६ माघ १५, ०८:२८

धनगढी: भारतमा सडक दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ। पहाड घर बैतडी भइ हाल कैलालीको गोदावरी नगरपालिका– ९ धनचौरी बस्दै आएका लक्ष्मणबहादुर चन्द(प्रेम)को भारतको मुम्बईस्थित भिउहन्डी रोडमा माघ ७ गते दुर्घटना भएको थियो। 

दुर्घटनापछि गम्भीर घाइते भई मुम्बईको केएम अस्पतालमा उपचारार्थ उनको बुधबार मृत्यु भएको हो। सडक क्रस गर्ने क्रममा उनलाई गाडीले ठक्कर दिएको थियोे।

चन्द सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय सल्लाहकार मान शाहका भान्जा हुन्।

कमेन्ट लोड गर्नुस