सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरमा साङ्लाले हैरान पारेको छ? यि छन् घरेलु उपाय!

२०७६ माघ १६, ०६:२० खबर संवाददाता

धेरैको घरमा साङ्लो भेटिन्छ। घरका कुनाकाप्चामा देखने र बेलाबेलामा फुत्त फुत्त बाहिर निस्कने साङ्लोले हामिलाई हैरानै पार्छ। खाना पकाएर राखे पनि खानामै साङ्लो पर्ने डर पनि हुन्छ। कहिलेकाही त पकाउदै गर्दा पनि साङ्लो पर्छ र खाना फ्याक्नु पर्ने बाध्यता हुन्छ। 

साङ्लोले हैरान भएकाहरुले बजारमा पाइने स्प्रे प्रयोग गर्ने गर्छन्। तर सधै स्प्रे प्रयोग प्रयोग गर्नु पनि हाम्रो स्वास्थ्यको लागी फाइदाजनक हुदैन। त्यसैले साङ्ला भगाउन घरेलु उपाय पनि अपनाउन सकिन्छ। खानाको स्वाद बढाउन प्रयोग हुने तेजपातले साङ्ला भाग्छ।

तेजपातको गन्ध साङ्लालाई मन नपर्ने हुनाले भाग्ने गर्छ। साङ्ला भएको ठाउँमा तेजपात पिँधेर राखेमा साङ्ला भाग्छन्। त्यस्तै ल्वाङको गन्ध पनि साङ्लालाई मन पर्दैन। ल्वाङलाई साङ्लो भएको ठाउमा राखेमा भाग्छ। त्यस्तै मट्टीतेल, नीम, पुदीना र कफीले पनि साङ्लालाई भगाइदिन्छन्। त्यस्तै एउटा कचौरामा बराबर मात्रामा बेकिङ पाउडर र चिनी मिसाएर पानी हालि साङ्ला भएको ठाउमा छर्केन सकिन्छ।
 

कमेन्ट लोड गर्नुस