सुदूर नेपाललाई विश्वसँग जोड्दै

मूल्य सुन्दा नै चकित बनाउँने संसारका सबैभन्दा महंगा यी फल

२०७६ माघ १६, ०८:४५ खबर संवाददाता

डाक्टरहरुले सधैँ फलफूल खानुपर्ने बताउँछन्। साथै फल खान मन नपराउँनेहरुलाई त्यसको जुस खाने सल्लाह दिन्छन्। तर हाम्रो देशमा सामान्य रुपैयाँमा पाइने फलहरु संसारका केहि ठाउँहरुमा लाखौँ पर्छ। रुबी रोमन ग्रेप्स साधारण अंगुर जस्तै फल हो। तर यो अंगुर विश्वकै सबैभन्दा महंगो फलहरु मध्येको एक फल हो। यो अंगुर एक किलोको ८० लाख रुपैयाँ पर्छ। साथै यसलाई टेवल ग्रेप्स पनि भन्ने गरिन्छ।

डेकोपोन सिटर्स यो नाम सुने र यो कस्तो नाम हो भन्ने खुलदुली तपाईलाई पनि लाग्यो होला। यो एक प्रकारको सुन्तला हो। यो सुन्तला विश्वकै सबैभन्दा मीठो र स्वादिष्ट सुन्तला हो। यो सुन्तला १ दर्जन किन्नका लागि १६ सय रुपैयाँ लाग्छ। स्याकाई इची एप्पल जापानी स्याउहरु मध्येकै सबैभन्दा ठूलो प्रजाति हो। यो स्याउ एकदमै ठूलो देखिन्छ।

साथै एउटा स्याउ १ किलो हुने गर्छ। साथै एउटा स्याउ किन्नका लागि तपाईले २२ सय रुपैयाँ खर्च गनुपर्छ। साथै जापानमै पाइने स्क्वाएर खरबुजालाई जापानमा ८० हजार रुपैयाँमा एउटा पाइन्छ। एजेन्सी 
 

कमेन्ट लोड गर्नुस