तपाइँको कानको बाहिरी भागमा प्वाल छ की छैन ?
तपाईले कहिले ध्यान दिनु भएको छ रु कानको बाहिरी भागका प्वाल हुन सक्छ । यो प्वाल यति सानो हुनसक्छ कि तपाईले यसमा ध्यान दिनु भएको छैन।
यदी तपाइलाई विश्वास छैन भने कसैलाई आफ्नो कान देखाउनुस् । तपाईको कानको माथिल्लो भागमा सानो प्वालको निशान पाउनुहुनेछ।
यसलाई प्रीआरीकुलर साइनल भनिन्छ। धेरै जसो मानिसको यो प्वाल विस्तारै पुरिदैँ जान्छ। तर केही प्रजातीमा दश प्रतिशत भन्दा धेरैको कानको यो प्वाल हराउँदैन।
यो प्वाल जन्मजात नै हुन्छ। जो कानको बाहिरी हिस्समा देखिन्छ। अध्ययनहरुका अनुसार यो वायाँ कानको तुलनामा दायाँ कानमा धेरै पाइनछ।
वास्तवमा आमाको पेटमा जब भ्रुणको विकास सही रुपमा हुन सक्दैन तव यो प्वाल बन्न जान्छ। जीव वैज्ञानिक नील शुविनका अनुसार यो माछाको फुल्काको अवशेष हुनसक्छ।
अमेरिकी नेशनल लाइब्रेरी अफ मेडिसिनका अनुसार यो प्वाल अनुहार र मासु ठीकसँग नजोडिएका कारण बनेको हो।