हिन्दू शास्त्र अनुसार कुन अंग फर्फराए के हुन्छ ?
हिन्दू शास्त्रमा विभिन्न अंग फर्फराउँदा हुने घटनाबारे लेखिएको छ। समुन्द्र शास्त्रअन्तर्गत कुन अंग फर्फराउँदा भविष्यमा कस्ता घटना हुन सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको छ । शरीरका अंग फर्फराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाबारे संकेत गर्छ। वर्तमान समयमा यी कुरा विश्वास गर्न निकै कठिन हुने भए पनि यसलाई पुरै बेवास्ता गर्न सकिन्न। थाहा पाऔँ शरीरका विभिन्न भागमा हुने फर्फराहटले के संकेत गर्छ ?
जुन व्यक्तिको चिउँडो फर्फडाउँछ, ती व्यक्तिलाई स्त्रीसुख मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ।
टाउकोको अलग–अलग भाग फर्फराउँदा त्यसले पनि फरक–फरक संकेत गर्छ।
निधार फर्फराउँदा भौतिक सुख भोगको अवसर प्राप्त हुन सक्छ।
कानको भाग फर्फराउँदा तपाईंले राखेको इच्छा पूरा हुन सक्छ।
दाहिने आँखाको आँखीभौ र आँखा फर्फराउँदा तपाईंले चाहेका सबै इच्छा पूर्ण हुन्छन्।
बायाँ आँखा र आँखीभौ फर्फराउँदा शुभ समाचार प्राप्त हुन।
दाहिने आँखा मात्र फर्फराए शारीरिक कष्ट हुने गर्छ।
दुवै गाला फर्फराउँदा धन प्राप्त हुन्छ।
यदि तपाईंको ओठ फर्फराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ।
मुख फर्फराउँदा छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ।
दाहिने काँध फर्फराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फर्फराउँदा सफलता प्राप्त हुने तर दुवै काँध फर्फराए झगडाको सम्भावना बढ्छ।
यदि हात फर्फराए मानिस कुनै विपत्तिमा फस्न सक्छ।
हातको औँला फर्फराए साथीहरूसँग भेट हुने सम्भावना रहन्छ।
ढाड फर्फराए केही विपदको सम्भावना रहन्छ।
छाती फर्फराउँदा साथीसँग भेट हुन सक्छ।
मुटुको उपल्लो भाग फर्फराए झगडा हुने सम्भावना रहन्छ ।
दाहिने खुट्टा फर्फराए कठिनाई मना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फर्फराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ।