धार्मिक मान्यता : शनिबार गर्न नहुने यी ५ काम
शनिवारको दिन शनिदेवको विशेष दिन हो। र, शनिदेवलाई न्यायका देवता मानिन्छ। शनिदेवलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ। ज्योतिषीय मान्यता अनुसार जसको कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ।
शनिवारको दिन केही काम गर्न वर्जित गरिएको छ –
१. आपँको अचार खानबाट बच्नुहोस्। काँचो आँप अमिलो हुन्छ र शनि देव यस्तो चिजको विरोधी हुन्। शनिवारका दिन रातो खुर्सानी नखानुहोस्। त्यसको सट्टा कालो या हरियो खुर्सा्निको प्रयोग गर्नु उपयुक्त हुन्छ।
२. शनिवारको दिन रक्सी पिउनाले कुन्डलीमा शुभ शनि हुँदा हुँदै पनि शनिको शुभ फल प्राप्त हुँदैन। शनिवारको दिन दुध या दही सेवन गर्दा त्यसमा वेसार वा सख्खर राखेर पिउनु पर्छ।
३. शनिवारको दिन घरमा फलाम या फलामबाट बनेका बस्तु ल्याउन हुँदैन। नुनको खरिद पनि शनिवार बर्जित गरिएको छ। उक्त दिन नून किन्दा घरमा दरिद्रता भित्रन्छ।
४. काठबाट बनेका सामान पनि शनिवार किन्न अशुभ मानिन्छ। शनिवार सर्सिउको तेल दानको महत्व छ तर त्यस दिन किन्न हुँदैन।
५. शनिवारको दिन कालो रंगको लुगा या जुत्ता किन्न लाग्नु भएको छ भने विचार गर्नुहोस् शनिवार यस्तो वस्त्र किन्न उपयुक्त हुँदैन।