कहिलेकाही रुनुहोस्, यस्ता छन् फाइदा
स्यारोन मार्टिन, साइकोथेरापिष्टका अनुसार रुनुका धेरै फाइदाहरु रहेका छन्। उनले मानिसहरुलाई रुनका लागि उत्साहित गर्ने काम गर्छन्। यसले शरिरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्ने उनले बताएका छन्। उनका अनुसार मानिसहरु पब्लिक क्षेत्रमा मानिसहरु रुन अप्ठेरो मान्छन् तर, जति खुल्ला रुपमा रुन सक्यो उति स्वस्थ हुने र शरिरमा फुर्ति थपिने उनले बताएका छन्।
राम्रो मुड बनाउन मद्दत गर्छ
सन् २००८ मा साउथ फ्लोरिडा विश्वविद्यालयले गरेको अध्ययनका अनुसार रुनाले राम्रो मुड बनाउने निष्कर्ष निकालेको थियो। रुवाइले अध्ययनमा ९० प्रतिशत रोएका व्यक्तिहरुको मुडमा परिवर्तन ल्याउन सफल भएको थियो। त्यस्तै १० प्रतिशतमा भने नकारात्मक प्रभाव देखिएको थियो।
तनावबाट मुक्त गर्ने काम गर्छ
रुनु शरिरमा रहेको नकारात्मक सोचलाई हटाउने र सकारात्मक शक्ति प्रदान गर्छ। जति खुल्ला रुपमा रुन सक्यो उति स्वस्थ हुने र शरीरमा फुर्ति थपिने गर्छ।
टोक्सिन्स उत्पादन गर्ने काम गर्छ
असह्य पीडा पश्चात मानिस रुन् गर्छ। शरीरमा विभिन्न केमिकल शरिरमा उत्पादन हुने गर्छन् जसका कारण पिडा कम हुने गर्छ। प्रोटिन प्रोल्याक्टिन, एड्रिनोकोरटिकोट्रोफिक हर्मन, इण्डोरफिन लेउसिन–इन्केफेलिन जस्ता तत्वहरु रोइरहेको अवस्थामा उत्पादन हुने गर्छन्। यी तत्वहरुका कारण मानिसले पिडा कम भएको महसुस गर्न थाल्छ।
ब्याकटेरिया मार्ने काम गर्छ
एउटा राम्रो रुवाइले ब्याकटेरिया मार्ने काम गर्छ। आँशुले फ्लुड लिसोजाइम उत्पादन गर्छ। यो मानिस दुध, सेमन, म्युकस र स्यालिभामा पनि पाइने गर्छ। राम्रो रुवाइले ५ देखि १० मिनेटको बिचमा ९० देखि ९५ प्रतिशत ब्याकटेरिया मार्ने काम गर्छ।
सन् २०११मा प्रकाशित फुड माइक्रोबाइलोजीमा यस कुराको उल्लेख गरिएको छ।
आँखाको दृश्य मजबुत बनाउँछ
आँशु ल्याक्रीम ग्ल्याण्डबाट बन्ने गर्छ। आखाँमा यसले लुब्रिकेन्टको काम गर्छ। जब आँखामा डिहाइड्रेसन हुन्छ तब आँखाले धमिलो देख्न थाल्छ। आँसुले आँखा पखाल्ने र आइबल र आइलिड सफा गर्ने काम गर्छ। नेशनल आइ इन्सिटुटका अनुसार रुनाले विभिन्न म्युकस मेमब्रेन्सको डिहाइड्रेसन समस्या पनि हल गर्छ।