सुदूर नेपाललाई विश्वसँग जोड्दै

सपनामा के देखे के हुन्छ – यी हुन् ६५ सपनाका फलहरू

२०७६ माघ १८, ०८:५६ खबर संवाददाता

भनिन्छ सपनाको प्रभाव मानिसको जीवनमा पर्ने गर्छ। निन्द्रामा देखिने सपनाहरूले मानिसको भविष्यको संकेत समेत गर्ने गर्छ। ज्योतिषहरू सपनाहरू र सपना देखेको समयलाई विचार गरेर सपनाका फलहरू फरक फरक हुने बताउँछन्। सपनामा देखिने दृश्यहरूले थुप्रै सांकेतिक अर्थ दिन्छ।

यहाँ यस्तै सपनाहरु र यसका फलका बारेमा जानकारी दिइएको छ।

१. अनार खाएको देखेमा - धन र सन्तानको प्राप्ति।

२. अलि अलि बादल देखे - रोगबाट लाभ।

३. ऊँट देखेमा - अपार धन प्राप्ति हुनु।

४. आकाश देखेमा - ऐश्वर्य वृध्दि, सन्तान हुनु।

५. आगो उठाएको देखेमा - अवैध धन प्राप्ति।

६. आगो बालेर समातेमा - कष्ट हुनु, व्यर्थ व्यय हुनु।

७. ओढ्ने कम्बल देखेमा - बदनाम हुनु।

८. औंठी लगाएको देखेमा - धनलाभ र प्रशन्नता।

९. कलम देखेमा - महान व्यक्तिसँग भेट हुनु।

१०. कपाल देखेमा - धनलाभ हुनु।

११. कपास देखेमा - रोगबाट मुक्त हुनु।

१२. कपाल काटेको देखेमा - ऋणबाट मुक्त, स्त्री(पुत्र हुनु।

१३. किला ठोकेको देखेमा - बुढो मान्छेबाट लाभ।

१४. कोईला देखेमा - व्यर्थमा झगडा हुनु।

१५. कुवामा नुहाएको देखेमा - सन्यासी बन्नु।

१६. कुवाको पानी देखेमा - विविध लाभ र बिजय।

१७. कैची देखेमा - झगडा र विवाद बढ्नु।

१८. घर बनाएको देखेमा - प्रसिद्धि प्राप्त गर्नु।

१९. घाम लागेको देखेमा - पदोन्नति वा लाभ हुन।ु

२०. घाँसको मैदान देखेमा - धेरै धन एकत्र गर्नु।

२१. घोडा देखेमा - संकट नाश हुनु।

२२. घोडा चढेको देखेमा - ठूलो पद पाउनु।

२३. चश्मा लगाएको देखेमा - विध्दता बढ्नु।

२४. जंगल देखेमा - दुःख नाश र बिजय।

२५. जहाज देखेमा - परिशानी हट्नु र व्यय।

२६. चाँदि देखेमा वा पाएमा - धन र अहंकार बृद्धि।

२७. झरना देखेमा - दुःख दुर हुनु।

२८. टोपी देखेमा - दुःख नाश भएर, उन्नति हुनु।

२९. ठूलो पर्खाल देखेमा - सम्मान बढ्नु।

३०. डोरी देखेमा - यात्रामा कठिनायी र झन्झट हुनु।

३१. ढोका देखेमा - ठूलाबडासँग मित्रता हुनु।

३२. ढोका बन्द देखेमा - परेशानी र चिन्ता हुनु।

३३. दलदल देखेमा - सन्तान प्राप्ति हुनु।

३४. दाँत भाँचिएको देखेमा - दुस्ख र झन्झट हुनु।

३५. दाँत माझेको देखेमा - पापको प्रायश्चित हुनु।

३६. धनुष तानेको देखेमा - लाभप्रद यात्रा हुनु।

३७. पर्वत चढेको देखेमा - पदोन्नति वा प्रसिद्ध हुनु।

३८. पत्र पढेको देखेमा - शुभ समाचार, परिश्रम।

३९. प्रकाश देखेमा - उच्चकोटीको साधु बन्ने।

४०. पानी पिएको देखेमा - राज्यबाट लाभ।

४१. फलाम देखेमा - कुनै धनवानद्वारा लाभ।

४२. बजार देखेमा - दरिद्रताको नाश हुनु।

४३. बलेको दियो देखेमा - आयु बृध्दि हुनु।

४४. बहर वा गाई देखेमा - मोटो लाभ, दुब्लो दुःख।

४५. बादल देखेमा - विरक्ती र परिशानी बढ्नु।

४६. बिरालो देखेमा - चोरी हुनु, शत्रु बढ्नु।

४७. भर्याङ देखेमा - सुखसम्पत्ति बढ्नु।

४८. भूकम्प देखेमा - सन्तानलाई कष्ट र दुःख।

४९. मरेको मान्छेसँग कुरा गरेमा - मनोकांक्षा पूरा हुनु।

५०. मरेको मान्छेले बोलाएमा - विपत्ति आउनु।

५१. मुर्दा देखेमा - रोगबाट मुक्ति पाउनु।

५२. रत्न या मणि देखेमा - दुःख बढ्नु, अपव्यय हुनु।

५३. रातो फूल देखेमा - पुत्रबाट सुख र भाग्योदय।

५४. रोटी खाएको देखेमा - पदोन्नति र घन बढ्नु।

५५. लठ्ठी देखेमा - ठूलो नाम हुनु।

५६. वर्षा देखेमा - सुख र प्रशन्नता प्राप्त हुनु।

५७. सुकेको बगैचा देखेमा - विपत्तिमा फस्नु।

५८. सुख्खा अन्न खाएमा - कष्ट र व्यर्थ परिशानी हुनु।

५९. सुगन्ध लगाएको देखेमा - विद्वान र पण्डित हुनु।

६०. सुपारी खाएको देखेमा - रोगबाट मुक्ति पाउनु।

६१. सुराही देखेमा - आवारासँग संगत हुनु।

६२. सेतो पूल देखेमा - दुःखबाट छुट्कारा पाउनु।

६३. सिंहासन देखेमा - धेरै सुख पाउनु।

६४. हरियो बगैचा देखेमा - पदोन्नति र लाभ हुनु।

६५. ओच्छयान लगाएको देखेमा - दीर्घायु र सुख वृध्दि।
 

कमेन्ट लोड गर्नुस