सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्ता छन् चुकन्दर सेवन गर्नुका फाईदा

२०७६ माघ १९, १२:४२

सलादको रुपमा धेरैले चुकन्दर सेवन गर्छन्। गाढा रातो रंगको चुकन्दर सलगम जस्तै हुन्छ। चुकन्दर रातो हुन्छ। यसले शरीरमा रगतको मात्रा बढाउन सहयोग गर्छ। यसमा आइरन पाइन्छ। आइरनका साथै यो भिटामिन सिको राम्रो स्रोत हो । यसको नियमित सेवनले भिटामिन ए, बी, बी-१, बी-२, बी-६ र भिटामिन सिको पूर्ति गराउँछ।

धेरैलाई थाहा छैन कि, चुकन्दरमा फलाम तत्व अधिक हुँदैन। तर, यसबाट प्राप्त हुने फलाम तत्व उच्च गुणवत्ता हुन्छ। जसले रक्र निर्माण्मा विशेष महत्वपूर्ण भूमिका खेल्छ। यहि कारण चुकन्दर चुकन्दरके सेवनले शरीरको अनेकौ हानिकारक पदार्थ बाहिर निकाल्न फाइदाजनक मानिन्छ।

पात पनि फाइदाजनक

चुकन्दरको पात पनि निकै फाइदाजन मानिन्छ। चुकन्दरको पातमा फलको तुलनामा धेरै मात्रामा फलाम तत्व पाइन्छ। पत्तामा भिटामिन ए पनि भरपुर मात्रामा पाइन्छ। पातको सेवनले पनि शरीरको विकारयुक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। यसले प्राकृतिक क्लिन्जरको रुपमा काम गर्छ।

चुकन्दरमा पोटाशियम, सोडियम, क्याल्शियम, म्यानिज, फाइबर आदि पर्याप्त हुन्छ। सुपाच्य खाद्य पदार्थ भएकाले चुकन्दरको सेवनले पर्याप्त उर्जा पनि प्रदान गर्छ।

चुकन्दरको गाढा रातो रंग के हो ?

हेर्दै रहरलाग्दो गाढा रातो रंग हुन्छ, चुकन्दरको। आम बुझाई छ, यो रातो रंग फलाम तत्वको प्रचुरताको कारण हुन्छ। यद्यपी सत्य के हो भने, चुकन्दरको गाढा रातो रंग यसमा पाइने एक रंगकण अर्थात बीटा सायनिनको कारण हुन्छ। चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुणलाई बढाउँछ।

एन्टी अक्सिडेन्ट गुणको कारण यो रंगकण स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ। चुकन्दरमा पाइने फोलिक एसिड, पोटेशियम वा मुलायम रेशाले पनि यसको पौष्टिक गुण बढाउँछ। चुकन्दरको नियमित सेवनले सम्पूर्ण शरीरलाई निरोगी राख्छ। हाल हाम्रो दैनिक आहारमा चुकन्दरले उचित स्थान पाएको छैन। यद्यपी नियमित रुपमा यसको सेवनले कतिपय रोग निर्मूल हुन्छ। साथसाथै यो सौन्दर्यको पनि खजना हो। यसले हेमोग्लोबिन बढाउँछ, फलत अनुहारको चमक बढ्छ।
 

कमेन्ट लोड गर्नुस