किन एकसाथ १० हजारले सँगै मागे इच्छामरण ?
नेदरल्याण्डमा ५५ वर्ष माथिका १० हजार १ सय ५६ व्यक्ति इच्छामरण मागेका छन्। नेदरल्याण्डका स्वास्थ्यमन्त्री र सांसद क्रिस्चियन डेमोक्रेट ह्यूगो डि जोंगले शुक्रबार संसदमा यसको बारेमा जानकारी गराएका हुन्।
एक रिपोर्टको बारेमा जानकारी गराउदै उनीहरुले यसको बारेमा संसदलाई सूचीत गरेका हुन्। ती व्यक्तिले आफ्नो जीवनलाई आफैंले समाप्त गर्ने सजिलो उपायमाथि विचार गरिरहेको जानकारी गराइएको छ। गम्भीर रुपमा बिरामी भएर मर्नुको साटो उनीहरुले सहज विकल्प खोजेको उक्त रिपोर्टमा बताइएको छ।
उक्त रिपोर्ट भ्यान विजगार्डेन आयोगले तयार पारेको हो। यो सरकार र समाजका लागि ठूलो सामाजिक मुद्दा भएको र यो देश, सरकार र समाजका लागि ठिक नभएको जोङले बताएका छन्।
उनले भने, ‘हामीले तत्काल यो ठूलो र गम्भीर सामाजिक मुद्दामा तर्कसंगत निर्णय लिनुपर्छ। कुनै परिस्थितीवश निराश भइसकेका यस्ता व्यक्तिको मद्दत गरेर उनीहरुलाई बाँच्नका लागि प्रेरित गर्नुपर्छ। यसबाहेक, सरकारले ७५ वर्ष माथिका व्यक्तिका लागि इच्छामृत्यु दिनेबारे विचार गर्नुपर्छ।’
सन् २००१ मा नेदरल्याण्डले इच्छामृत्युमा रोक लगाएको थियो।