श्रीमतीको टाउको काटे अनि बोकेर प्रहरी कार्यालय पुगे यी व्यक्ति
श्रीमतीको हत्या गरेपछि काटिएको टाउको बोकेर भारतको उत्तर प्रदेशको बरबान्की जिल्लाका स्थानीय ३० वर्षका अखिलेस रावत प्रहरी कार्यालय पुगेका छन्।
उनी श्रीमतीको शिर बोकेरै प्रहरी कार्यालयमा पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। श्रीमतीको टाउको बोकेर हिँड्दै गर्दा प्रहरीलाई देखेपछि ‘भारत माता की जय’ नारा लगाएका थिए। त्यस क्रममा उनले भारतको राष्ट्रगान पनि गाएका थिए।
ती व्यक्तिले आफूले श्रीमती मारेको र आफूलाई गिरफ्तार गर्न प्रहरीलाई आग्रह गर्दा प्रहरी नै आश्चर्यमा परेका थिए।
घरबाट ५ किलोमिटर हिँडेरै अखिलेस प्रहरी कार्यालय पुगेका थिए। स्थानीयले उनको हातमा महिलाको शिर देख्दा निकै त्रसित बनेका थिए।
अखिलेसले भनेजस्तो दाइजो नपाएपछि श्रीमतीको हत्या गरेको प्रहरीले बताएका छन्।