अर्जुनले आफ्ना जेठा दाजु युधिष्ठिरलाई नै मार्न खोजे !
महाभारतको लडाईमा पटक–पटक पाण्डवका ५ छोराहरूबीच मनमुटाव देखिएको थियो। कुनै कुनै मनमुटाव त यस्तो थियो, स्वयम् अर्जुनले आफ्ना जेठा दाजु युधिष्ठिरलाई नै मार्न अघि सरेका थिए।
लडाईमा सूतपुत्र कर्णले पाण्डव पक्षका सैनिकहरूलाई धमाधम मारिरहेका थिए। त्यही बीचमा युधिष्ठिर पुगे। कर्णले युधिष्ठिरमाथि आक्रमण गरे र युधिष्ठिरलाई घाइते बनाए। त्यसपछि युधिष्ठिरलाई घाइते शिविर लगियो।
आफ्ना दाजु युधिष्ठिर घाइते भएपछि अर्जुनलाई रीस उठ्यो। उनी कर्णसँग लड्न भनेर अघि तम्सिए। लडाईं त भयो तर अर्जुनले कर्णलाई मार्न सकेनन्। लडाई सकिएपछि जब अर्जुन आफ्ना दाजु युधिष्ठिरसामु गए तब कर्णलाई मार्न नसकेको भन्दै युधिष्ठिरले क्रोधित भएर अर्जुनलाई आफ्नो धनुष (गाण्डिव) त्याग्न भने।
तर अर्जुनले आफ्नो धनुष जसले त्याग्न भन्छ त्यसलाई मार्ने कसम पहिल्यै खाइसकेका थिए। आफ्नै दाजुलाई मार्न पनि सक्दैनथे अर्जुनले। यस्तो बेलामा कृष्णले सुझबुझपूर्ण उपाय अपनाए।
आफूले आदार गर्ने व्यक्तिलाई अनादार गरे पनि मारेसरह हुने भन्दै कृष्णले अर्जुनलाई सम्झाए। कृष्णको सुझाव मान्दै अर्जुनले पहिलोपटक आफ्नो दाजु युधिष्ठिरको अनादार गरे। त्यसपछि दाजुभाईको झगडा साम्य भयो।