सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेयरका लागि बाख्रा र कुकुर चुनावी मैदानमा!

२०७६ माघ २१, ०५:३७ खबर संवाददाता

अमेरिकामा अचम्मको अभ्यास हुने गरेको छ। अमेरिकाको उत्तरपूर्वी भागमा रहेको भेर्मोन्टको फेयर हेभन सहरमा जनावरबाट मेयर छानिन्छ। यो वर्ष  मेयर पदका लागि ३ जनावर चुनावी मैदानमा छन्। जसमा एउटा बाख्रा छ, भने बाँकी २ कुकुर। 

सन् २०१९ को चुनावपछि हुन लागेको निर्वाचनमा ३ वर्षे न्युबियन लिंकन बाख्रा, ३ वर्षको मफी कुकुर र ६ वर्षको स्यामी कुकुरबीच चुनावी प्रतिस्पर्धा हुनेछ। यी ३ मध्ये लिंकन र स्यामीबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

मतदान ३ मार्चमा हुनेछ। मतदान गर्न व्यक्तिले १ डलर तिर्नु पर्नेछ। अमेरिकाको यो सहरमा जनावरबीच चुनाव गराएर मेयर बनाउनुको उद्देश्य भनेको बालबालिकाका लागि सामुदायिक खेल मैदान बनाउनका निम्ति हो।

यो चुनावबाट उठेको रकमको कोष स्थापना  हुन्छ, जसबाट खेल मैदान बनाइनेछ। बाँकी रकम बालबालिकाको पुनःस्थापनामा खर्च गर्ने गरिन्छ। सहरका प्रबन्धक जो गुन्टरलका अनुसार चुनावका लागि दर्ता शुल्क ५ डलर कायम गरिएको छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस