सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिना मोजा जुत्ता लगाउँदा यस्तो संक्रमण हुन्छ

२०७६ माघ २१, ०६:०९ खबर संवाददाता

आजभोलि मोजा नलगाई जुत्ता लगाउने चलनले हामीलाई कतिको नराम्रो प्रभाव पारिरहेको छ भन्ने धेरैलाई थाहा छैन। विशेषगरी पुरुषहरुले त्यसरी मोजा नलगाई जुत्ता लगाएर हिँड्ने गरेका छन् फलस्वरुपः खुट्टामा संक्रमण हुने खतरा बढी हुन्छ। खुट्टाको उपचार गर्ने विशेषज्ञले पनि यस्तो फेशनको विरोध गरेका छन्। १८ देखि २५ वर्षका पुरुषले बिना मोजा र खराब फिटिङ भएको जुत्ता लगाएर हिँड्ने गरेको उनीहरुले बताए। यसो गर्दा धेरै रोग लाग्न सक्ने उनीहरुको भनाइ छ।

त्यसमाथि पनि कतिपय सेलिब्रेटीहरुले नै यसरी बिना मोजा लगाएर टिभीमा देखिने गरेपछि यस फेशनलाई अझ धेरैले अपनाएका छन्। आजकलका युवाहरु स्वास्थ्यको ख्याल नगरी त्यस्तै फेशनको पछि लागिरहेका छन्।

विशेषज्ञका अनुसार एकदिनमा खुट्टाबाट ३०० मिली लिटर पसीना निस्किन्छ। यस्तोमा धेरै गर्मी भएका दिन त सामान्य मानिसको खुट्टामा पनि खेलाडीको जस्तै फंगसले संक्रमण गर्न सक्छन्। झनै मोजा नलगाउने मानिसमा यस्तो संक्रमण सजिलै फैलन्छ। खुट्टाकी विशेषज्ञ एमाले पनि धेरै पसिनाको परिणाम निकै नराम्रो हुने बताएकी हुन्।

संक्रमणबाट बच्नका लागि एमाले यस्तो सुझाव दिएकी छन:- 

१. सकेसम्म कम समयका लागि मात्र बिना मोजा यात्रा गर्ने

२. जुत्ता लगाउनु अघि खुट्टाको तल पसिना नआउने स्प्रे लगाउने

३. यति गर्दागर्दै पनि तपाईको खुट्टामा संक्रमण भयो र दुख्न छाडेन भने तुरुन्तै चिकित्सक कहाँ गइहाल्नुपर्छ।
 

कमेन्ट लोड गर्नुस