पुरुषहरु खान नहुने यी पाँच कुरा
केही यस्ता खाने कुराहरु हुन्छन् जसले महिलाभन्दा पुरुषहरुलाई धेरै नोक्सान गर्ने काम गर्छन्। यस्ता भोजनका कारण धेरै हर्मोनल समस्या, कमजोरी लगायत अन्य बिमारीको कारण समेत बन्न सक्छन्। केही यस्ता खाने कुराहरुबाट पुरुषहरु सजग रहनुपर्छ।
१. कफी र कोल्ड ड्रिक
एक रिसर्चका अनुसार जो पुरुष ज्यादामात्रामा कफी वा कोल्ड ड्रिक पिउँछन् उनीहरुको स्पर्मको संख्यामा कमी आउन सक्छ।
२. रिफाइन शुगर
रिफाइन सुगरमा एम्पटी क्यालोरी बढी हुने गर्छ। यसले पुरुषलाई फाइदा पुर्याउनुको सट्टा मोटोपना बढाउने काम गर्छ।
३. टी ट्री लेवडर ओएल
यसको सेवन ज्यादा गर्दा यसले पुरुषहरुको स्तन बढेर महिलाको जस्तै हुनसक्छ। यसको सेवन पुरुषले निकै कम गर्नुपर्छ।
४. पुदिना
पुदिनामा मेथोनको मात्रा धेरै हुन्छ। यसले पुरुषको यौन क्षमतामा निकै प्रभाव पार्ने काम गर्छ।
५. अल्कोहल
ज्यादामात्रामा अल्कोहलको सेवन गर्नाले मेल रिप्रोडक्सन सिस्टममा प्रभाव पार्नेगर्छ।