यस्ता छन् कफी खानुका फाइदा
कफी स्वास्थ्यका लागि फाइदाजनक छ। त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ। दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ। कफीमा पाइने क्याफिननामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ।
प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ। कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ। नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ। नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ। साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ।