एटीएम मशिन फुटाउन बम पड्काउँदा आफैं स्वाहा ! (हेर्नुस भिडियो)
केहि समय अगाडी रुसको चेरेपोभेट्स शहरमा रहेको स्बेरबैंकको एटीम मशिन खोल्नका लागि शक्तिशाली विस्फोटक पदार्थ राख्ने क्रममा विस्फोट भएपछि चोरको मृत्यु भएको छ।
सीसीटीभी क्यामरामा ३७ वर्षीय चोरले हूड भएको ज्याकेट लगाएर एटीएम मशिन फुटाउन खोजेको देखिन्छ। उनले ल्याएको हातेबम पड्किएपछि स्क्रीन अचानक खाली हुन्छ। चोरले झोला खोतलेर बम झिकी पड्काउन खोजेका थिए तर त्यसैले उनलाई मारेको थियो।
बमले एटीएम खुल्ला भन्ने उनको आशा थियो तर बम उनैतिर फर्कियो र विस्फोटका कारण उनको घटनास्थलमै मृत्यु भयो। विस्फोट निकै चर्को भएका कारण ढोका नै ५३ फीट पर हुत्तियो।
प्रहरीले घटनाको पुष्टि गर्दै पहिचान नखुलेका ती व्यक्तिको घटनास्थलमा मृत्यु भएको बतायो। उनीसँगै आएका अर्का व्यक्ति चाहिँ घटनास्थलबाट भागे। प्रहरीले उनको खोजी गरिरहेको छ।
एटीएमबाट पैसा हराएको छैन। –ऐजेन्सी