सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट सुत्केरीको सैनिक जहाज मार्फत उद्दार

२०७६ माघ २१, ०३:५८ खबर संवाददाता

धनगढी: धनगढीबाट सुत्केरी महिलालाई हेलीकोप्टर मार्फत उद्दार गरिएको छ। डोटीको दिपायल सिलगढी नगरपालिकाकी २५ वर्षीय अरुणा भण्डारीको नेपाली सेनाको जहाज (स्काई ट्रक) मार्फत उद्दार गरिएको हो। शनिवार जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माएकी भण्डारीको अत्याधिक रक्तश्राव भएपछि आइतवार सेती प्रादेशिक अस्पताल धनगढी ल्याईएको थियो।

तिन दिन देखी सेती प्रादेशिक अस्पतालको आइसियुमा रहेकी उनको आज उद्धार गरिएको हो। तर रक्तश्राव नरोकिएपछि उनलाई आज सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीको पहलमा काठमाडौँ लगिएको हो। मन्त्री सुवेदीले प्रदेश सरकारको एयर लिफ्टीङ कार्यक्रम अन्तरगत उनको उद्दार गरिएको जानकारी दिए।  

कमेन्ट लोड गर्नुस