१७ फीट लामो अजिंगरले लखेटेपछि पर्यटकको भागाभाग (हेर्नुस भिडियो)
दक्षिण अफ्रिका घुम्न गएका पर्यटकहरूलाई एउटा अजिंगरले निकै तर्साएको छ।
अजंगको अजिंगर देखेपछि सफारीमा गएका पर्यटकहरू आआफ्नो कारमा हाम्फालेका थिए। उनीहरूले कारलाई रिभर्समा राखेर भाग्न खोजेको भए पनि अजिंगरले उनीहरूलाई लखेटिरह्यो।
डर्बनमा भएको यो घटनामा अजिंगरलाई मानिसहरूको भीड मन परेको थिएन। घटनाको भिडियोमा एकजना क्यामराम्यानले एउटा डुंगामुनि अजिंगर देख्छन्।
अजिंगर हेर्न जाँदा त्यसले आफूअगाडिको ल्यान्डरोभरमा नजर ताक्छ र क्यामराम्यानले उसको पुच्छर समात्न खोज्दा गाडीतर्फ दौडन्छ।
अजिंगर त्यसपछि कार चढ्न खोज्छ । त्यो बोनेटमै पुगेपछि आत्तिएका चालकले गाडी रिभर्समा लान्छन्। अजिंगर कारबाट खस्छ तर गाडीलाई पछ्याइरहन्छ।
नजिकैका गाडी र चालकहरू पनि भाग्ने कोशिश गर्छन्। अफ्रिकी रक पाइथनहरू विषालु हुँदैनन् तर घेराबन्दीमा परे भने निकै खतरनाक हुन्छन्।
उनीहरूले आफ्ना तीखा दाँतले गहिरो घाउ बनाइदिन्छन् र कहिलेकाहीँ मानिसलाई बेरेर मारिदिन्छन्। उनीहरूले आफ्नो शिकारलाई सिंगै निलिदिन्छन् । कहिलेकाहीँ उनीहरूले बालबालिका निलेको खबर पनि आउँछ।