सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्यान्सर, मधुमेह र मुटु रोगबाट बच्न खानुहोसः फर्सी

२०७६ माघ २१, १०:०८ खबर संवाददाता

हाम्रो करेसाबारीमा सजिलै पाइने तरकारी हो फर्सी। ९० प्रतिशत पानी पाइने फर्सीको सेबनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ। यसलाई फलको रुपमा पनि लिइन्छ। फर्सीको सेबन हृदयरोगी लागि निकै उपयोगी मानिन्छ। यसको सेबनले चिनीको मात्रालाई नियन्त्रण गर्छ। त्यसैले मधुमेहका रोगीलाई फर्सी खानु निकै राम्रो हुनछ। यसको सेबनले पेटको गडबडी पनि ठिक गर्छ।

फर्सीको सेबनले कोलेस्ट्रोल कम गर्न पनि सहयोग गर्छ। त्यस्त फर्सीको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिंकले स्मरणशक्तिमा वृद्धि गर्नुको साथै हाडलाई पनि बलियो बनाउछ। यसमा पाइने बेटा क्यारोटिन, एन्टीअक्सिडेन्टले शरीरमा क्यान्सरको सम्भावना कम गर्छ। त्यस्तै यसको सेबनले मुटु रोगीका लागी पनि फाइदाजनक मानिन्छ।
 

कमेन्ट लोड गर्नुस