घरमा आगो लागेपछि बालिकालाई यसरी बचाए यी व्यक्तिले (हेर्नुस भिडियो)
रुसको साइबेरियामा रहेको निझ्नेभार्तोव्स्कस्थित एक घरमा आगो लागेपछि एक व्यक्तिले बालिकालाई झ्यालबाट निकालेर बचाएका थिए। यो घटना केहि समय अगाडीको हो।
ती बालिका भवनको पाँचौं तल्लामा सुतिरहेकी बेलामा बिरालोले उनलाई उठाएर आगोका बारेमा सचेत गरायो। घटना आइतवार भएको हो र यसको भिडियो समेत सार्वजनिक भएको छ।
बालिका गुहार माग्दै झ्यालमा पुगिन्। उनी चिच्याएको सुनेपछि २९ वर्षीय एक व्यक्ति उनी बसेको भन्दा माथिल्लो तल्लाबाट बाहिर निस्के अनि उनलाई मास्तिर ताने। अग्निनियन्त्रकहरूले तलपट्टि र्भयाङ तयार पारेका थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार, ती उद्धारकर्ता उक्त भवनमा बस्दैनन् तर घटना हुँदा उनी त्यहाँ पुगेका थिए। बालिकालाई सहायता गर्न उनी दौडेर भवनभित्र पसी माथिल्लो तल्लामा पुगेका थिए।
माथिल्लो तल्लामा बस्ने व्यक्तिले बताएअनुसार, ती उद्धारकर्तापछि फर्केर आए अनि झ्यालतिर दौडिने हुँदा भान्सा अस्तव्यस्त बनाएकोमा माफी मागे।
बालिकाले धूवाँ निलेपछि अस्पतालमा राखिएको थियो तर उनको अवस्था गम्भीर नभएको बताइन्छ। शर्ट सर्किट भएका कारण आगो लागेको प्रहरीले आशंका गरेको छ। –एजेन्सी