स्याहार गर्न झ्याउ मानेर छोरीले बन्द गरिदिइन वृद्ध आमाको नाकमुख (भिडियासहित)
ब्राजिलको साओ लुइस शहरमा एक छोरीले अस्पतालमा आफ्नी वृद्ध आमाको नाक र मुख छोपेर सास रोक्न खोजेको भिडियो सार्वजनिक भएको छ।
लुसियाना पाउला फिगेइरेदो नामक ३२ वर्षीया महिलाले आफ्नी ६८ वर्षीया आमा आना बेनेदिता फगेइरेदोलाई डा कार्लोस मासीएरा अस्पतालको शय्यामा नाकमुख थुनेकी हुन्।
भिडियो अन्य रोगीहरूले खिचेको र त्यसमा आनाको नाक र मुखमाथि एक हात देखिन्छ। हातले खाटका केही कुरा महिलाको मुखमा र्पुयाएको र उनले हात उचालेको देखिन्छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, लुसियानालाई घटनास्थलमै पक्राउ गरिएको छ र ज्यान मार्ने उद्योगमा पक्राउ गरिएको छ। आमालाई आईसीयू लगिएको छ।
पल्मोनेरी एम्बोलिजमबाट सताइएकी आना बेनेदिता माघ ५ गतेदेखि अस्पतालमै छिन्। प्रहरीले गरेको अनुसन्धानमा छोरीले बिरामी आमालाई सेवासुश्रूसा गर्दागर्दा झिँझो लागेकाले मार्न खोजेको पाइएको छ। ऐजेन्सी
भिडियो हेर्न यहाँ क्लिक गर्नुस