सुदूर नेपाललाई विश्वसँग जोड्दै

यी महिलाले बलात्कार गर्न खोज्ने पुरुषको लिंग काटिदिइन

२०७६ माघ २२, ०५:२१

पाकिस्तानको पञ्जाब प्रान्तमा एक महिलाले आफूलाई बलात्कार गर्न खोज्ने एक पुरुषको लिंग काटिदिएकी छन्। 

आफू घरमा एक्लै हुँदा ती पुरुष पसेर बलात्कारको कोशिस गरेको महिलाले प्रहरीलाई बताइन्। उसले बलात्कारको कोशिस गरेपछि आफू दौडिँदै भान्सा गएको अनि चक्कु लिएको उनले बताइन्। 

त्यसपछि उनले त्यस पुरुषको लिंग काटेको प्रहरी अधिकारी मोहम्मद इल्यासले बताए। ती पुरुषलाई तत्कालै फैसलाबादस्थित सिभिल हस्पिटलतिर दौडाइएको र त्यहाँ उनको उपचार गरिएको बताइएको छ। 

एएसपी जरनवाला बिलाल सुलहरीले ती पुरुष र महिला एकअर्कासँग परिचित रहेको र पुरुषले अर्कै महिलासँग विवाह गर्न लागेको बताए।  घटनाको अनुसन्धान भइरहेको छ।-ऐजेन्सी

कमेन्ट लोड गर्नुस