दिल्ली बसपार्कमा भेटिएकी कञ्चनपुरकी महिलाको उद्धार
भारतमा अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार गरिएको छ। भारतको दिल्ली नजगढ बसपार्कमा भेटिएकी कञ्चपुरको शिशैया–राजपुरकी गोमती ओखडाको उद्धारगरि आफन्तलाई बुझाइएको हो।
उनलाई दाइ नाता पर्ने भरत ओखेडा र गगन ओखेडाको जिम्मा लगाइएको सुदूरपश्चिमेली नेपाली समाज भारतले जनाएको छ।
एक महिना पहिले कञ्चनपुरबाट करन नाम गरेका केटासँग आफु भारत आएको उनले बताइन। उनका अनुसार करनले उनलाई विवाह गर्ने भन्दै भारत लगेका थिए।
एक हप्ताअघि उनलाई करनले छोडेपछि अलपत्र परेकी सुदूरपश्चिमेली नेपाली समाज भारत दिल्ली राज्य अन्तरगतको द्वारका एरिया अध्यक्ष कैलाश ऐडीले बताए।
आफु ती महिलालाई अलपत्र पाएपछि उनलाई शहारा दिएक ऐडीले बताए। ‘सोमबार राती साढे ८ बजेतिर बसपार्कको बसभित्र रोइरहेको अवस्थामा फेला पारेको थिए’ उनले भने ‘हिन्दी भाषा समेत नजान्ने उनीलाई आज आफन्तको जिम्मा लगायौ’