नेपाल–बहराइन सिधा हवाई सम्पर्क पहल
बहराइनका लागि नेपाली राजदूत पद्म सुन्दासले नेपाल बहराइनबीच सिधा हवाई सम्पर्कका लागि पहल भइरहेको जानकारी दिएका छन्। मङ्गलबार मनामास्थित नेपाली दूतावासमा आयोजित लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफलमा उहाँले सिधा हवाई सम्पर्क नहुँदा नेपालबाट सामान निर्यातमा कठिनाइ भइरहेको हुँदा सिधा सम्पर्कका लागि पहल भइरहेको जानकारी दिनुभएको मनामास्थित नेपाली दूतावासले जनाएको छ।
राजदूत सुन्दासले भने, “सिधा हवाई सम्पर्क नभए तापनि बहराइनमा नेपाली वस्तुुको व्यापार प्रवद्र्धन भइरहेकामा मलाई खुशी लागेको छ, यहाँ रहेका नेपाली समुदायको थप सक्रियताको अपेक्षा गरेको छु।” कार्यक्रममा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले कम तौल तर उच्च बजारभाउ भएका नेपाली स्थानीय उत्पादनको व्यापार विविधीकरणमा जोड दिँदै बहराइनमा बजार विस्तारको सम्भावना पहिल्याउन आवश्यक रहेको बताए। रासस