सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले चीनबाट ल्याइने नेपालीलाई यी चार स्थानमा राख्ने

२०७६ माघ २३, ०२:२५ खबर संवाददाता

कोरोना प्रभावित चीनको वुहानबाट नेपाल आउन चाहने नेपाली विद्यार्थी र नागरिक राख्न सरकारले उपत्यकाको शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखी ती स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। 

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १८० नेपाली विद्यार्थीले स्वदेश फर्किने चाहना राख्दै चीनस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्।
 

कमेन्ट लोड गर्नुस