लमहीमा ५ करोडको लागतमा डाइलासिस सेन्टर स्थापना
दाङको लमहीमा झण्डै पाँच करोडको लागतमा सामुदायिक डायलाइसिस सेन्टर स्थापना भएको छ। गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ लमहीको आर्थिक सहयोगमा डाइलासिस सेन्टर स्थापना भएको हो।
बुधबार सेन्टरको उद्घाटन भएकै दिन आठ जना बिरामीले डाइलासिसको सेवा लिएका छन्। लमही नगरपालिका वडा नम्बर ५ रातोडाँडामा सामुदायिक डाइलासिस सेन्टर स्थापना भएपछि मिर्गौला पीडित बिरामी खुसी भएका छन्। रोटरी क्लव अफ लमहीका अध्यक्ष रविलाल आचार्यले हाल १० वटा मेसिनबाट विरामीहरुको मिर्गौला डाइलासिस सेवा सुरू गरिएको र आवश्यकता महसुस भए थप्न सकिने बताए।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले डाइलासिस गर्न पालो पर्खिनुपर्ने तथा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको बताए। अब विरामीले नजिकै सेवा सुविधा पाउन सक्ने उनको भनाइ छ। यो सेन्टरबाट दैनिक ३० जना विरामीले नियमित डाइलासिस गर्न सक्ने छन्।
मिर्गौला विरामीको संख्या दिनानुदिन थपिँदै गएकाले ती अस्पतालमा पालो कुर्नुपर्ने बाध्यता छ।