मरेका प्रेमीको तस्वीरसँग विवाह गर्दै तीन बच्चाकी आमा!
तीन बच्चाकी एक आमाले मरेका आफ्ना प्रेमीको तस्वीरसँग विवाह गर्ने निर्णय गरेकी छिन्। उनले यो आफ्नो इच्छाका कारण गर्न लागेको बताएकी छिन्। भारतको अतरौली भन्ने ठाउँको यो घटनामा ती महिलाको १५ वर्ष पहिले विवाह भएको थियो। उनका तीन बच्चा पनि छन्। तर, उनको विवाहपछि त्यही ठाउँमा बस्ने एक मोबाइल रिपेयरिङ गर्ने युवासँग प्रेम भयो।
यी दुईले खासमा विवाह गर्ने बताएका थिए। तर, ती युवाको एक बिमारीका कारण मृत्यु भएको थियो। भारतीय मिडिया हिन्दुस्तान लाइभमा प्रकाशित भएको समाचारअनुसार यी महिलाका पतिको पनि मृत्यु भइसकेको छ। खासमा उनका प्रेमीसँग विवाहबारे सल्लाह भएको थियो। तर, विवाह गर्नुभन्दा केही महिना पहिलेमात्र ती युवाले आत्महत्या गरेका थिए।
अब यी महिलाले आफूले प्रेमीसँग खाएको कसम पूरा गर्ने भन्दै उनको तस्वीरसँग विवाह गर्न लागेकी हुन्। उनले यसका लागि आफन्तहरुलाई पनि बोलाएकी छिन्। उनले धुमधामले विवाह गर्ने योजना पनि बनाएकी छिन्। यी महिलाले विवाहको मिति पनि तोकिसकेकी छिन्। उनले ८ नोभेम्बरमा विवाह गर्ने बताएकी छिन्। यसका लागि उनले घरनजिकैको शिव मन्दिर पनिमा स्थान पनि बुक गरेकी छिन्।
उनले यो विवाहको विरोधमा आउनेहरुलाई कानुनी रुपमा सजाय दिने पनि बताएकी छिन्। यही कारणले उनका आफन्त र छरछिमेक उनको विवाहको विषयमा बोल्न डराइरहेका छन्।