सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनार खानुहोस्, बोक्रा नफ्याँक्नुहोस् यस्ता छन् फाइदा

२०७६ माघ २४, ०६:१९

अनारका दाना हाम्रा लागि जति फाइदाजनक हुन्छ त्यति नै फाइदाकारक हुन्छ त्यसका बोक्रा। अनारको बोक्रालाई सुकाएर पाउडर बनाएर वा त्यसलाई पिसेर त्यसको रस बनाएर उपयोग गर्न सकिन्छ।
 
यस्ता छन् फाइदा:-

१. हृदय रोगबाट बचाउँछ

अनारको बोक्रामा धेरै मात्रामा एन्टिअक्सिडेन्ट हुने भएकाले यसले हृदयको रोगबाट टाढा रहन मद्दत् गर्छ। साथै यसले कोलेस्ट्रोललाई सन्तुलित पार्न पनि मद्दत गर्छ। १ चम्चा अनारको बोक्राको पाउडर तातो पानीमा मिसाएर दैनिक पिउने गरियो भने यसले तपाईको शरीरलाई धेरै फाइदा गराउँछ।

२. हड्डीलाई बलियो बनाउँछ

यदि तपाईको हड्डी कमजोर भएर समस्या देखापरेको छ भने अनारको बोक्राले तपाईको समस्या पक्कै पनि कम गर्नेछ। यसमा हुने एन्टीब्याक्टेरियल गुणका कारण यसलाई पानीमा मिसाएर सुत्नु अघि पिउँदा निकै राम्रो हुन्छ।

३. घाँटीको दुखाई

यदि तपाईलाई टन्सिल भएको छ वा घाँटीमा समस्या देखा परेको छ भने अनारको बोक्रा तपाईका लगि निकै प्रभावकारी सावित हुन सक्छ। त्यसका लागि यसको पाउडरलाई पानीमा उमालेर पछि छानेर खाएमा यसले तपाईको दुखाइ कम गर्न धेरै मद्दत गर्छ।

कमेन्ट लोड गर्नुस