कोरोनाबाट २४ हजारभन्दा बढिको मृत्यु! चीनले किन लुकायो सहि तथ्यांक?
चीनले नोबेल कोरोना भाइरसको महामारीमा ज्यान गुमाएका नागरिकको तथ्यांक लुकाएको अन्तर्रा्ष्ट्रिय मिडियाहरुले दाबी गरेका छन्।
असावधानीवश बाहिरिएको तथ्यांक भन्दै प्रमाणका रुपमा पेश गरिएका केही स्क्रीनसटहरुमा हालसम्म कोरोनाका कारण २४ हजार ६ सय ८९ चिनियाँको मृत्यु भएको र १ लाख ५४ हजार २३ जनामा संक्रमण फैलिएको दाबी गरिएको छ।
पहिलो तालिका : असावधानीवस चुहिएको भनिएको अंक, जहाँ फेब्रुअरी १ तारिखसम्म २४ हजार ५ सय ८९ जनाको मृत्यु भएको उल्लेख छ।
फेब्रुअरी २ का दिन सार्वजनिक गरिएको दोस्रो तालिकामा भने जम्मा ३ सय ४ जनाको मृत्यु भएको उल्लेख छ। चीनले आधिकारिक रुपमा भने हालसम्म ७ सय २२ जनाको मृत्यु भएको जानकारी दिएको छ। तर बेइजिङले सार्वजनिक गरेको तथ्यांकलाई लिएर पश्चिमा शक्तिराष्ट्र र मिडियाहरुले प्रश्न गरिरहेका छन्।
जनवरी २६ का दिन चीनको ’इपिडेमिक सिच्युएसन ट्रयाकर’बाट चुहिएको भनिएको तथ्यांक हेर्दा चीनले कोरोनाबाट ज्यान गुमाउने नागरिकको वास्तविक संख्या लुकाएको हुनसक्ने आंकलन गरिएको छ। -एजेन्सी