सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँखामा आनो आउने समस्या छ? यस्ता छन् घरेलू उपाय

२०७६ माघ २६, ०६:०३

आँखामा आनो आउने समस्या जुनसुकै उमेरका मानिसलाई हुन सक्छ। यसो हुँदा आँखाको परेलामाथि वा तल रातो रंगको दाना निस्कन्छ। यो समस्या हेर्दा सानो देखिएपनि यसले आँखामा पीडा, जलन, चिलाउने र बारम्बार आँसु आउने जस्ता समस्या ल्याइदिन्छ र अन्ततोगत्वा आँखालाई हानि पु–याउँछ। केही मानिसलाई सानो समस्या भनेर बेवास्ता गर्छन् तर त्यसो गर्नु हुँदैन। समयमै यसको उपचार गर्नुपर्छ । आनोको समस्या हटाउनका लागि हामीहरू केही घरेलु उपाय बताउँदैछौं। 

आँखामा आनोको लक्षण:-

पीडा र सुन्निने

आँसु आउने

आँखामा कचेरा बन्ने

चिलाउने

यस्ता छन् घरेलु उपाय:-

इमलीका बिउ

इमलीको बिउलाई दुई दिनसम्म पानीमा भिजाउनुस्। अनि त्यसलाई चन्दनजसरी आनोमा लेप्नुस्। आनो दुई दिनमै ठीक हुन्छ। 

बेसार

पानी तताएर त्यसमा अलिकति बेसार हाल्नुस्। त्यसलाई कपडामा भिजाएर आँखा सेक्नुस्। दिनमा तीनचारचोटि यसो गर्दा समस्या समाधान हुन्छ। 

अम्बाका पात

अम्बाका चारवटा पातलाई पानीमा मज्जाले उमाल्नुस्। त्यसपछि त्यो पानीलाई मनतातो बनाएर आँखा सेक्नुस्। दिनमा दुईतीनचोटि सेक्दा आराम पाउनुहुनेछ। 

घिउकुमारी

घिउकुमारीको जेल दिनदिनै आनोमा तीनचारचोटि लगाउनुस्। यो लगाउँदा आँखामा पीडा, सुन्निने र फोकाफोकी आउने समस्या हट्छ। 

त्रिफला चूर्ण

आधी चम्चा त्रिफला चूर्ण बिहान बेलुका तातो दूधसँग पिउनुस्। यसले आनोबाहेक अन्य समस्या पनि हटाइदिन्छ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस