सुदूर नेपाललाई विश्वसँग जोड्दै

पानीमा नुन मिसाएर नुहाउनुहोस्, हुन्छन यस्ता फाइदा

२०७६ फाल्गुन ४, ०५:५८ खबर संवाददाता

नुनविना हाम्रो छाक टर्न मुस्किल छ। परिकार जुनसुकै होस्, रेसिपीमा एउटा नाम अनिवार्यजस्तै हुन्छ– नुन।  स्वाद त भैहाल्यो, स्वास्थ्यका लागि पनि नुन उत्तिकै आवश्यक छ। केही दिन नुन नखाँदा रगतमा सोडियमको मात्रा घट्न थाल्छ। त्यसले अनेक समस्या निम्त्याउँछ। तर, के तपाईंलाई थाहा छ, नुहाउने पानीमा पनि नुन उत्तिकै महत्वपूर्ण छ भनेर?

नुहाउने पानीमा नुन मिसाउनाले विभिन्न रोगबाट बच्न सकिन्छ। यसले तपाईंलाई इन्फेक्सनको खतराबाट पनि जोगाउँछ। तर, कहिले र कसरी प्रयोग गर्ने त नुहाउने पानीमा नुन?

ज्वरो आउँदा 

ज्वरो आएको बेला मनतातो पानीमा सिधेनुन मिसाएर नुहाउनुस्। एक बाल्टी मनतातो पानीमा दुई चम्चा नुन र एक चम्चा नरिवलको तेल मिसाएर नुहाउँदा ठन्डी र ज्वरोबाट राहत मिल्छ। 

क्याल्सियमको कमी हटाउन 

साल्ट वाटर बाथले शरीरमा क्याल्सियमको कमी हटाउँछ। यसबाट मांशपेशी दुख्ने समस्या कम हुनुका साथै हड्डी, कपाल र नङ बलियो हुन्छ। 

अनिद्रा हटाउन 

नुनपानीले नुहाउनाले शरीर चिलाउने समस्या हट्छ। साथै, गहिरो निद्रा पनि आउँछ। निद्रा नलाग्ने समस्या भएकालाई यो ठूलै राहत हुन सक्छ।

थकान र स्ट्रेस कम गर्न

नुनपानीले स्नान गर्नु शारीरिकका साथै तथा मानसिक स्वास्थ्यका लागि पनि फलदायी छ। नुनपानीले नुहाएपछि तपाईं ज्यादा शान्त र खुुसी भएको महसुस गर्नुहुन्छ। यो एक ‘स्ट्रेस बस्टर’ हो। यसले आरामको अनुभूतिसँगै मानसिक शान्ति पनि बढाउँछ। एजेन्सी
 

कमेन्ट लोड गर्नुस