धनगढीको माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा
धनगढी : धनगढीको माया मेट्रो अस्पतालमा सिटिस्क्यान सेवा सुरु हुने भएको छ। भोली उद्योग मन्त्री लेखराज भट्टले उक्त सेवाको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ। अस्पतालमा आउने विरामीको लागि सुविधाको लागि उक्त सेवा सुरु गर्न लागिएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले बताए।
उनका अनुसार अस्पतालले ६४ स्लाईसको सिटिस्क्यान मेसिन ल्याईएको हो। झण्डै ३ करोडको लगानीमा सिटिस्क्यान मेसिन ल्याईएको उनले बताए। सिटिस्क्यान गराउनको लागि बाहिर पठाउन पर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।