चीनबाटबाट उद्दार गरिएका १७५ नेपाली कोरोनामुक्त, घर पठाउने तयारी
२०७६ फाल्गुन १९, ०५:०९
चीनको वुहानबाट उद्दार गरेर खरिपाटीको क्वारेन्टाइनमा राखिएका १७५ जना नेपालीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ।
सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोना भाइरसको संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई आज घर पठाउने तयारी गरेको छ।
भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा १४ दिनसम्म राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो।
कमेन्ट लोड गर्नुस