तीन महिनाभित्र जनताले अनुभुति गर्ने काम गर्छुः मन्त्री ढकाल
कैलाली: संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ क्षेत्रमा चरम अनियमितता र भ्रष्टाचार हुने गरेको ब ताएका छन्।
मंगलबार कैलालीको गौरिगंगा नगरपालिकाको आयोजनामा संचालन भएको स्वास्थ्य महोत्सवको उद्घघाटन गर्दै मन्त्री ढकालले केन्द्र, प्रदेश र स्थानीय सरकारले खरिद गर्ने औषधिको मुल्यमा ठुलो अन्तर र अनियमितता भइरहेको बताएका छन्। उनले सरकारी अस्पतालमा रहेका उपकरण प्रयोगमा नल्याई निजी अस्पताललाई प्रोत्साहन गर्ने सम्मका खेल हुने गरेको बताएका छन्।
सरकारले निःशुल्क उपलब्ध गराउने औषधिको सट्टा निजी फार्मेसीमा पाउने औषधिको सिफारिस हुने जस्ता विकृतिको अन्त्य गर्ने बताएका छन्। त्यसबारे मन्त्रालय जानकार रहेकाले तीन महिनामा त्यसको निराकरण गरि जनताले महशुस गर्ने कामको तयारी थालेको मन्त्री ढकालले बताए।
५ दिनसम्म संचालन हुने स्वास्थ्य महोत्सवमा स्वास्थ्य महोत्सवमा विभिन्न विशेषज्ञ डाक्टरहद्वारा स्वास्थ्य परिक्षण गरिने आयोजकले बताइएको छ। महोत्सवमा आँखा, नाक, कान, घाँटी, महिलाहरुको पाठेघरको क्यान्सर जाँच , एचआईभी र हेपाटाइटिस बीको परिक्षण, औलो जाँच, सिकलसेल एनिमिया , महिलाहरुमा आङ खस्ने समस्याको जाँच, मानसिक स्वास्थ्य परिक्षणको साथमा दुव्र्यसन मुक्त स्वास्थ्य मुलक आध्यात्मिक प्रदर्शनी, रक्तदान कार्यक्रम, योग शिविर, पोषण सम्बन्धी उपभोक्ता शिक्षा लगायत स्वास्थ्य सम्बन्धी विभिन्न साँस्कृतिक नृत्य, नाटक प्रस्तुत हुने छन्।
नगर प्रमुख भिमबहादुर देउवाको सभापतित्वमा भएको उद्घघाटन भएको महोत्सवमा सुदूरपश्चिम प्रदेश सभा रतन थापाले शुभकामना मन्तव्य राखेका थिए। साथै महोत्सवमा सेवाग्राहीको आवतजावतका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निःशुल्क यातायातको व्यवस्था मिलाइएको छ।