सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाबाट बच्न यी ८ कुरा अवश्य गर्नुस्

२०७६ फाल्गुन २१, ०६:०० खबर संवाददाता

कोरोनाभाइरसले अहिले संसारलाई नै आक्रान्त पारिसकेको छ। यसबाट बच्ने उपायहरू पनि चिकित्सकहरूले लगातार बताइरहेका छन्।

स्वास्थ्य विशेषज्ञहरूले बताएका यी उपाय अपनाएर कोरोनाबाट बच्न सकिन्छ :-

१. भाइरसबाट बच्न सरसफाइ अति नै आवश्यक छ। आफूवरिपरि सफा राख्नुस्। खोक्दाखेरी टिस्युलाई मुखमा राख्नुस् अनि खोकेपछि टिस्युलाई छोपेको डस्टबिनमा फ्याँक्नुस्। समय समयमा हात धुनुस्। 

२. राम्ररी हात धुनका लागि साबुन वा स्यानिटाइजर प्रयोग गर्नुस्। २० सेकेन्डसम्म हातलाई मज्जाले सफा गर्नु जरूरी छ। हात धोएपछि सफा कपडाले पुछ्नुस्। 

३. घरबाट निस्कँदा मुखलाई एन९५ मास्कले ढाक्नुस्। 

४. बजारमा किनेको खाल्पदार्थ काँचै नखानुस्। मासु पा हरियो सागपात खानुअघि मज्जाले उमाल्नुस्।

५. नचिनेको मानिससँग निकट सम्पर्क नराख्नुस्। सकेसम्म कसैसँग हात नमिलाउनुस्, मिलाएपछि राम्ररी हात धुनुस्। 

६. आँखा, नाक र मुखमा घरिघरि हात नलग्नुस्। त्यसो गर्नेबित्तिकै हातमुख राम्ररी धुनुस्। 

७. खोकी, रुघा र ज्वरो छ अनि सास फेर्न गाह्रो भइरहेको छ भने छिट्टै चिकित्सककहाँ गइहाल्नुस्। 

८. चिकित्सकको सल्लाहलाई नियमित रूपमा पालन गर्नुस्। एजेन्सी
 

कमेन्ट लोड गर्नुस