कुमरखोदमा कोरोना स्वास्थ्य सहायता कक्ष
दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष स्थापना गरिएको छ। झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै भाइरसको जोखिम हुन नदिन सबै सचेत हुन र सरसफाइमा ध्यान दिन आग्रह गरे।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले सो भाइरसको जोखिम रोक्न कक्ष स्थापना गरिएको जानकारी दिए। सो कक्षमा दुई स्वास्थ्यकर्मी परिचालन गरिएको छ।
भारतले पनि डिगलबैंकमा सो कक्ष स्थापना गरिसकेको जनाइएको छ। सो भाइरसबारे सचेतना फैलाउन दुवैतर्फका स्वास्थ्यकर्मीले अनुभव आदानप्रदानसमेत गरेका छछन्।
उच्च ज्वरो, श्वासप्रश्वासमा कठिनाइ र रुघाखोकी देखिएकालाई अस्पताल पठाइने व्यवस्था मिलाइएको शाखा प्रमुख विश्वकर्माले बताए।–रासस