हालसम्म कोरोनाको संक्रमणबाट ३८ सयको मृत्यु
२०७६ फाल्गुन २६, ०१:५६
चीनको वुहान शहरबाट सुरु भएर विश्वका १ सय ९ देशमा फैलिएको कोभिड–१९ कोरोना भाइरसबाट हालसम्म ३ हजार ८ सय ३१ जनाको मृत्यु भएको छ। भने एक लाख १० हजारभन्दा बढी संक्रमित भएका छन्।
कोरोना भाइरसले गर्दा चीनमा सबैभन्दा बढी ३ हजार १ सय २० जनाको मृत्यु भएको छ। त्यस्तै, अहिलेसम्म उपचाररत ५ हजार ९ सय ७७ जनाको अवस्था गम्भीर रहेको छ भने ६२ हजार ३ सयभन्दा बढी उपचारपछि निको भएर घर फर्केका छन्।
कमेन्ट लोड गर्नुस