सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा अहिलेसम्म ४ सय ४१ जनामा कोरोनाको आशंका, सबैमा नेगेटिभ

फाइल फोटो
फाइल फोटो
२०७६ फाल्गुन २६, ०३:२० खबर संवाददाता

नेपालमा अहिलेसम्म ४ सय ४१ जनामा कोरोना भाइरसको आशंका गरिएकोमा सबैमा नेगेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतवार जारी गरेको विज्ञप्तिमा माघ ९ गतेबाट चीनबाट फर्किएका एक नेपाली बाहेक हालसम्म ४ सय ४१ जनाको नमूना परीक्षण गरिएकोमा कसैमा पनि पोजेटिभ नदेखिएको जनाएको हो। 

मन्त्रालयले हालसम्म कोभिड–१९ को संक्रमण नदेखिएपनि विश्व स्वास्थ्य संगठनको जोखिमको सूचिमा नेपाल रहेकाले सचेत र सतर्क रहन सबैलाई आग्रह समेत गरेको छ।

कमेन्ट लोड गर्नुस