धनगढी डाइग्नोस्टिक्सको तेस्रो वार्षिकोत्सव सम्पन्न
धनगढी : धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले सोमबार तेस्रो वार्षिकोत्सव मनाएको छ। स्वास्थ्य हव बन्दै गएको धनगढीमा रहेको धनगढी डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर अत्याधुनिक प्रविधि जडित ल्याब हो।
सेन्टरका अध्यक्ष मीनबहादुर धामीको अध्यक्षतामा वार्षिकोत्सव समारोह सञ्चालन गरिएको थियो। सेती प्रादेशिक अस्पतालका डा शेरबहादुर कमर प्रमुख अतिथी रहेको समारोहमा वरिष्ठ चिकित्सक डा. निराजनदत्त शर्मा पौडेलको पनि उपस्थिती रहेको थियो। सोही कार्यक्रमको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।
धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले हालसम्म ६ सय ७० जनाको निःशुल्क मधुमेह जाँच, ७ हजार बढीको सिकलसेल जाँच गरेको प्रवन्धक महेन्द्र साउँदले बताए।