सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका लागि ६४ जना डाक्टर सहित एक सय ४१ कर्मचारी माग

२०७६ फाल्गुन २८, ०१:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य निर्देशनालयले विभिन्न तहका एक सय ४१ कर्मचारी माग गरेका छ।प्रदेश मातहतमा रहेका अस्पताल र स्वास्थ्य कार्यालयहरुका लागि ६४ जना डाक्टर सहित एक सय ४१ जना कर्मचारी माग गरिएको हो।

स्वास्थ्य निर्देशनालयले आज मात्रै २१ दिने सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको जनाएको छ। स्वास्थ्य निर्देशनालयले आवश्यक योग्यता पुगेका नेपाली नागरिकलाई २१ दिन भित्रै आवेदन दिन आग्रह गरेको छ। 

सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा रहेका अस्पतालहरुमा चिकित्सक नभएकै कारण विरामीलाई अन्यत्र रिफर गर्नुपर्ने बाध्यता रहेको छ। चिकित्सकको संख्या न्यून भए पनि अस्पतालमा बिरामीको चाप भने धेरै छ। करारमा कर्मचारी थप भएपछि स्वास्थ्य सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ। 

 

कमेन्ट लोड गर्नुस