सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको आशंकामा ६ जनालाई राखियो आइसोलेसनमा

२०७६ फाल्गुन २९, ०५:१३ खबर संवाददाता

नोबल कोरोना (कोभिड(१९) भाइरसको संक्रमण हुनसक्ने आशंकामा बिहीबार ६ जनालाई आइसोलेसनमा राखिएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ४ तथा पाटन अस्पतालमा थप २ जना आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। 

उनीहरुलाई बिहीबार नै आइसोलियसनमा राखिएको र नमूना परिक्षणका लागि राष्ट्रिय प्रयोगशालामा पठाइएको उनले बताए।

कमेन्ट लोड गर्नुस