सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पताल ल्याईयो

गौरीफन्टा नाकाको हेल्थ डेस्क
गौरीफन्टा नाकाको हेल्थ डेस्क
२०७६ फाल्गुन ३०, ०३:३७ खबर संवाददाता

धनगढी : भारतको सुरतबाट अत्तरिया पुगेका संकास्पद तीन जनालाई सेती अस्पताल ल्याईएको छ। भारतमा कोरोना आशंका गरिएका एक महिला सहित तीन जना अत्तरिया पुगेको खवर प्राप्त भएपछि गोदावरी नगरपालिकाले उनीहरुलाई सेती प्रादेशिक अस्पताल पठाएको हो।

गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १ का अध्यक्ष शर्मानन्द भट्टका अनुसार तीन जनालाई मालाखेती अस्पतालको एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल पठाईएको हो।

गोदावरी नगरपालिकाका अनुसार वडा नम्वर १२ का अध्यक्षलाई भारतबाट एक जनाले फोन गर्दै ति महिलामा कोरोनाको आशंका गरिएको र भागेर अत्तरिया आएको खवर गरेपछि उनीहरुको स्वास्थ्य परिक्षाणका लागि अस्पताल पठाईएको हो।

उनीहरु गौरीफन्टा नाका हुँदै अत्तरिया पुगेका थिए। प्रहरीका अनुसार नाकामा हेल्थ डेस्क भएपनि उनीहरु छलेर आएको हुन सक्ने अनुमान गरिएको छ। सेती प्रादेशिक अस्पतालका डाक्टर जगदिश जोशीले स्वास्थ्य परिक्षणपछि मात्रै विस्तृत जानकारी हुने बताए। 
 

कमेन्ट लोड गर्नुस