सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा अत्याधुनिक सेवासहितको अस्पताल सञ्चालन

२०७६ फाल्गुन ३०, ०६:५५ खबर संवाददाता

कैलाली: कैलालीको लम्कीमा शुक्रबारदेखि अत्याधुनिक सेवासहित लम्कीचुहा अस्पताल सञ्चालनमा आएको छ। चौबिसै घण्टा इमरजेन्सी र विशेषज्ञ डाक्टर सहितको ओपिडी सेवा रहने अस्पतालको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईले उद्घाटन गरेका छन्।

विगतमा बलिया स्वाथ्यचौकीको रुपमा सञ्चालनमा रहेको सो अस्पतालको १५ शैयामा स्तरउन्नती भएको हो। अस्पतालमा एक्सरे, भिडियो एक्सरे, सबै प्रकारका रगत, दिसापिसाब, खकार चेकजाँचका साथै होलबडी चेकअफ निःशुल्क तथा शुलभ रकममा सेवा लिन सकिने नगरप्रमुख महादेव बजगाईले बताए।

साथै अस्पतालमा चौबिसै घण्टा एम्बुलेन्स सेवा समेत रहने बताइएको छ। 

कमेन्ट लोड गर्नुस