डोटीको बोगटानमा मेडिकल अधिकृत आएपछि गाउँघरमै स्तरिय सेवा
डोटी: डोटीको बोगटान फुड्सिल गाउँपालिकाले मातहतका स्वास्थ्य संस्थाहरुमा सेवा विस्तार गर्नको लागि मेडिकल अधिकृत(एमबिबिएस) चिकित्सक राखेको छ। गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरुमा सेवा उपलब्ध हुनेगरि मेडिकल अधिकृत राखिएको हो।
चिकित्सकका लागि विज्ञापन गरेपछि आइतबार पदपूर्ति भएसँगै सेवा प्रवाह समेत सुरु भएको गाउँपालिकाका अध्यक्ष कमल गड्शिलाले बताए। ‘गाउँपालिका भित्र रहेको केदारखडा प्राथमिक स्वास्थ केन्द्रमा एमबिबिएस चिकित्सक दरबन्दी भएपनि लामो समयदेखि रित्त छ’ उनले भने, ‘त्यसैले गाउँपालिका भरि सेवा दिनका लागि एमबिबिएस चिकित्सक राखेका हौँ।’
लामो समयदेखि जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर घनश्याम भट्ट बोगटान फुड्सिल गाउँपालिकामा नियुक्त भएसँगै गाउँघरमै स्तरिय सेवा उपलब्ध हुने विश्वस लिइएको छ।