सुदूर नेपाललाई विश्वसँग जोड्दै

इटलीमा कोरोनाः ज्यान गुमाउनेको सङ्ख्या १४ सय ४१

२०७६ चैत्र २, १०:४१ खबर संवाददाता

कोरोना भाइरस (कोभिड) १९० को सङ्क्रमणबाट चीनपछि इटलीमा सबैभन्दा धेरै जनाको ज्यान गएको छ। इटलीका अधिकारीहरुका अनुसार अहिलेसम्म भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार चार सय ४१ पुगेको छ। त्यस्तै २१ हजारभन्दा बढीमा कोरोनाको सङ्क्रमण पाइएको छ।

सिभिल प्रोटेक्शन डिपार्टमेन्टका अनुसार इटलीमा पछिल्ला दिनमा कोरोनाको सङ्क्रमणमा वृद्धि भएको छ। त्यस्तै ज्यान गुमाउनेको सङ्ख्या पनि बढिरहेको छ। सङ्क्रमितमध्ये झण्डै दुई हजार जना उपचारपछि घर फर्किएका छन्। एक हजार पाँच सय जना भाइरसको सङ्क्रमणबाट गम्भीर छन्।

इटलीका उपस्वास्थ्य मन्त्री पियरपोलो सिलेरीमा पनि कोरोना भाइरसको सङ्क्रमण पाइएको थियो। भाइरसबाट इटलीका अधिकारीहरु पनि सङ्क्रमित भएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिलेसम्म एक सय ५० भन्दा बढी देशमा पुगिसकेको छ।

विश्वभरि एक लाख ५९ हजारभन्दा बढीमा सङ्क्रमण पाइएको छ भने झण्डै ७६ हजार जना उपचारपछि घर फर्किएका छन्। चीनमा कोरोना भाइरस नियन्त्रणतर्फ जाँदै गर्दा चीनबाहिर फैलिँदै जानु चिन्ताको विषय बनेको छ। सङ्क्रमणबाट बच्न विभिन्न देशले विभिन्न रणनीति अपनाइरहेका छन्।  
 

कमेन्ट लोड गर्नुस