चीन र थाईल्याण्डबाट फर्किएर सेती अस्पतालमा भर्ना भएका चार जनाको स्वास्थ्य परीक्षण
धनगढी : चीनको उहान सहरबाट सुरु भएको नोवेल कोरोना भाइरस अर्थात कोभिड–१९ पछिल्लो समय विश्वका धेरै देशमा फैलिसकेको छ। धनगढीस्थित सेती अस्पतालको आईसोलेसन वार्डमा पनि अहिले सम्म चार जना कोरोना भाईरसको आशंकामा भर्ना भएका थिए।
तीन जना चीनबाट फर्किएका र एक जना थाईल्याण्डबाट फर्किएका युवकलाई कोरोना भएको आशंकामा अस्पतालको आईसोलेसन वार्डमा भर्ना गरिएको थियो। चारै जनाको कोरोना परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभागका प्रमुख डाक्टर जगदिश जोशीले बताए।
चारै जनाको रिर्पोट नेगेटिभ आएपछि उनीहरु घर फिर्ता भईसकेको बताउँदै डाक्टर जोशीले भने, ‘अधिकासंमा ज्वरो, रुघाखोकी र छाती दुःख्ने समस्या देखिएको छ। एक जनामा भने क्षयरोग देखिएको थियो।’