कोरोना भाइरसः डोटीको बुडरमा हेल्थ डेस्क स्थापना
धनगढी: कोरोना भाइरस(कोभिड–१९)को जोखिमबाट सर्तकता अपनाउन डोटीको बुडरमा स्वास्थ्य परिक्षण कक्ष(हेल्थ डेस्क) स्थापना गरिएको छ। डोटीको जोरायल गाउँपालिकाको आयोजना तथा स्वास्थ्य कार्यालय डोटीको सहकार्यमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो।
विशेषगरी भारतबाट आउने पहाडि जिल्लाका यात्रुहरु डोटीको बुडर भएरजाने भएकाले उनीहरुको स्वास्थ्य परिक्षण गर्न हेल्थ डेस्क स्थापना गरेको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरिक्षक सुर्य विष्टले बताए।
‘पहाडि सातै जिल्लाका यात्रुहरुले बुडर भएर यात्रा गर्ने भएकाले स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा उक्त हेल्थ डेस्क स्थापना गरिएको हो’ उनले भने, ‘हेल्थ डेस्कमा बस्ने २ जना स्वास्थ्यकर्मीले यात्रुहरुलाई कोरोना सम्बन्धी परार्मश प्रदान गर्नेछन र शंका लागेका यात्रुको चेकजाँच समेत गर्नेछन्।’