धनगढी– १५ मा निःशुल्क दन्त शिविर
धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १५ मा निःशुल्क दन्त शिविर सञ्चालन गरिएको छ। आशाको झोला संस्थाको आयोजनामा तथा मुस्कान डेन्टल होमसँगको समन्वयमा शिविर सञ्चालन गरिएको हो।
संस्थाका अध्यक्ष नितिश जोशीका अनुसार धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा निःशुल्क दन्त शिविर सञ्चालन भइरहेको छ। शिविरमार्फत स्थानीय नागरिकलाई दाँत तथा मुख स्वास्थ्यसम्बन्धी सेवा प्रदान गरिनेछ।
ग्रामीण तथा सहरी क्षेत्रका नागरिकलाई सहज रूपमा दन्त स्वास्थ्य सेवा उपलब्ध गराउने र मुख स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको संस्थाले जनाएको छ।