सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

। फोटो स्रोत ।
२०७६ चैत्र ६, ०९:३६ खबर संवाददाता

समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन्। उनी बाँसबारीस्थित गंगालाल अस्पतालमा भर्ना भएका हुन्।

‘ब्याक पेन’ भएर अस्पताल भर्ना हुनुपरेको उनका स्वकिय सचिव विश्वदीप पाण्डेले बताए। “पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको स्वास्थ्य अवस्थाबारे–ब्याक पेन भएर राति ८ बजेतिर अस्पताल भर्ना भएका हुन्। चिकित्सकको सल्लाहमा राति उनी अस्पतालै रहे। एन्जिओग्रामलगायत जाँच–परीक्षणपछि सबै रिपोर्टहरु सामान्य देखिएकाले केही प्रक्रिया पूरा गरेर आजै डिस्चार्ज हुनेन्।” उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्।
 

कमेन्ट लोड गर्नुस